> राष्ट्रिय > सवै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ हुँदै


सवै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ हुँदै

प्यूठान, १४ भाद्र । देशभरका सवै स्थानीय तहमा अस्पताल सेवा सञ्चालनमा आउने भएको छ ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ । आवश्यक औजार र उपकारण खरिदका लागि मात्र ६४ करोड निकासा भएको उहाँले जानकारी गराउनुभएको छ ।

नयाँ बन्ने अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

यसैबीच जिल्लामा यसकाे आधिकारीक जानकारी आइनसकेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *