> समाज > प्यूठानमा एक जनामा कोरोना संक्रमण देखियो, संक्रमित व्यक्ति ५९ वर्षीय पुरुष


प्यूठानमा एक जनामा कोरोना संक्रमण देखियो, संक्रमित व्यक्ति ५९ वर्षीय पुरुष

प्यूठान । प्यूठानमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वर्गद्धारी नगरपालिका ४ का ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दांगले जनाएको छ ।
उनी सहित ३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको थियो ।
संक्रमित व्यक्ति जेठ १३ गते भारतबाट आएका हुन् । उनीहरु स्वर्गद्धारी नगरपालिकाको अमर क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *