> राजनीति > राजमो अध्यक्ष केसीलाई कोरोना संक्रमण, स्वास्थ्य स्थिति गम्भीर


राजमो अध्यक्ष केसीलाई कोरोना संक्रमण, स्वास्थ्य स्थिति गम्भीर

प्यूठान, २६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ ।

केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको उहाँको स्वाव परीक्षण गर्दा हिजो मंगलबार कोरोना पोजेटिभ पनि देखिएको हो । उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु थिए ।

अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको र स्वास्थ्य स्थिति गम्भीर रहेको जनमोर्चाले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

आज बसेको केन्द्रीय कार्यालयको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय गरेको छ । सहयोगदाताहरुले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *