> स्थानीय सरकार > स्वर्गद्धारीमा बालबालिका नछुट्ने गरि खोप अभियान चलाइने


स्वर्गद्धारीमा बालबालिका नछुट्ने गरि खोप अभियान चलाइने

प्यूठान । चैत २५ देखि बैशाख १८ गतेसम्म सञ्चालन हुन लागेको टाइफाईड विरुद्धको खोप अभियानबाट कोही बञ्चित नहुने गरि कार्यक्रम गर्न स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले आग्रह गर्नुभएको छ ।

पालिका स्तरीय खोप समन्वय समितिका संयोजक समेत रहनुभएका नगरप्रमुख रोका क्षेत्रीले खोपको महत्वबारे बालबालिकाका अभिभावकलाई बझाएर सवै लक्षित बालबालिकालाई खोप लगाउनुपर्ने बताउनुभयो ।

१५ महिनादेखी १५ वर्षमुनिका बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाउन थालिएको छ । बालबालिकाको पहुँच सुनिश्चित गर्ने गरि खोप केन्द्र बनाउनुपर्ने, छुटेका बालबालिकालाई पत्ता लगाएर खोप लगाउने व्यवस्था मिलाउन नगरप्रमुख रोका क्षेत्रीले आग्रह गर्नुभएको छ ।

स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले खोप अभियानको बारेमा समितिका सदस्य तथा सरोकारवालालाई जानकारी गराउनुभएको थियो । विश्वमा वर्षेनी २ करोड व्यक्तिलाई टाईफाईड हुने गरेको छ । जसमध्ये १३ लाख ६५ हजारको मृत्यु हुने गरेको तथ्यांक छ ।

नेपालमा भने वर्षेनी ४ लाख ५० हजारलाई टाईफाईड हुने गरेको तथ्यांक छ । अन्य उमेर समुहभन्दा १५ वर्ष मुनिका व्यक्तिलाई ११ गुणा बढी टाइफाईड हुने सम्भावना रहने स्वास्थ्य प्रमुख केसीले बताउनुभयो । हाल बालबालिकालाई १२ किसिमको खोप लगाउँदै आइएकोमा अव टाइफाईडको खोपसँगै १३ वटा खोप नियमित खोपमा पर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *