> राष्ट्रिय > कोभिड पोजेटिभ देखिएका ४२ वर्षीय पुरुषको मृत्यु


कोभिड पोजेटिभ देखिएका ४२ वर्षीय पुरुषको मृत्यु

प्यूठान, १६ चैत । कोभिड-१९ पोजेटिभ देखिएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका-९ का ४२ बर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार विहान मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल प्रसाद श्रेष्ठलेले जानकारी दिनुभयो ।

 

मृत्यु भएका पुरुष भारतबाट घर आएका हुन् । घरमै क्वारेन्टाइनमा बस्दै गर्दा स्वास्थ्यमा समस्या आएछि उपचारका लागि बुटवल लगिएको थियो ।

 

जिल्लामा कोभिड-१९ पोजेटिभ देखिएका मध्ये हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्याङ्क छ । पछिल्लो समय कोभिड-१९ को सङ्क्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *