प्यूठान, १५ भाद्र । प्यूठान सहित देशका विभिन्न ठाउँका ७२ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय अन्र्तगत मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार सरुवा गरेको हो ।
प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ ।
जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुनिल मल्लको सरुवा भएको छ ।
