> राष्ट्रिय > एम्नेस्टीले मानव अधिकार शिक्षालाई ब्यापक बनाउने


एम्नेस्टीले मानव अधिकार शिक्षालाई ब्यापक बनाउने

प्युठान । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न भएको छ । प्युठान क्याम्पस खलंगाको सभाहलमा साधारणसभा गरिएको हो ।

 

कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष पार्वता आचार्यले मानवअधिकारको अभियानलाई गाउँगाउँमा पुर्याउनुपर्ने बताउनुभयो । मानब अधिकार शिक्षालाई एम्नेस्टीले अभियानकै रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो

प्युठानमा २०५६ सालमा एमनेस्टी स्थापना भएको हो । हाल समुहमा ५२ जना सदस्य आवद्ध रहेको समुहका संयोजक कल्पना खड्काले जानकारी दिनुभयो ।

 

कार्यक्रममा स्वागत सह-संयोजक शिवराज श्रेष्ठ र संचालन सचिब सुजल श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *