काठमाण्डौ, २७ फागुन ।
सुनको मुल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार सुनको मुल्यमा वृद्धि भएर नयाँ किर्तिमान बनाएको हो । मंगलबार तोलामा दुई सय रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन मंगलबार तोलाको ८२ हजार सात सय रुपियाँ पुगेको छ । आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो । चाँदीको मुल्य भने तोलामा १० रुपियाँ घटेर तोलाको आठ सय ८० रुपियाँ भएको छ ।