> आर्थिक/बिकास > पौडेल परिवारले दिए माइक्रोफाइनान्सलाई घरभाडा छुट


पौडेल परिवारले दिए माइक्रोफाइनान्सलाई घरभाडा छुट

प्यूठान, ११ असार । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडलाई मोहनलाल पौडेलले घरभाडामा सहुलियत दिनुभएको छ ।

प्यूठान नगरपालिका वडा नम्वर ३ रातामाटामा रहेको मेरो माइक्रोफाइनान्सको विजयनगर शाखालाई एक महिनाको घरभाडा छुट दिएर घरबेटी पौडेलले सामाजिक दायित्व निर्वाह गरेको शाखा कार्यालय विजयनगरका शाखा प्रमुख शम्भु बानियाले बताउनुभभयो । अहिलेको परिस्थितीमा घरभाडा छुट दिएर मानवीय भूमिका निर्वाह गरेको मोहनलाल पौडेलले बताउनुभयो ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको र बिभिन्न स्थानिय तहहरुलाई पनि राहत तथा आर्थिक सहयोग गरिरहेको जनाएको ।

मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र जिल्लामा विजयनगर शाखा कार्यालयमार्फत दुई नगरपालीका र सात गाउँपालीकामा बैँकिङ सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *