> समाज > सरुमारानी र स्वर्गद्धारीमा दुइ महिलाकाे शव भेटियो


सरुमारानी र स्वर्गद्धारीमा दुइ महिलाकाे शव भेटियो

प्यूठान, ९ असार ।  मगंलवार जिल्लाको स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकाको दुई स्थानमा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्धारी नगरपालिकाको वडा नम्वर ३ स्थित जुडढुंगा(माडी खोलाको बगर)मा एक महिलाको शव भेटिएको हो । आज दिउँसो अन्दाजी ५० वर्षीय महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि सरुमारानी गाउँपालिका ३ धनमौरे सामुदायिक वन(माडी खोलाको किनार)मा एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ । माण्डवी गाउँपालिका वडा नम्वर ३ का ७८ वर्षीया फूलमति योगी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

योगी असार ८ गतेदेखि हराएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *