> राष्ट्रिय > क्वारेन्टाईनमा देखिएको संक्रमण अव समुदायमा


क्वारेन्टाईनमा देखिएको संक्रमण अव समुदायमा

प्यूठान, ९ असार । हालसम्म प्यूठान जिल्लाका ८ स्थानीय तहमा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्य प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकाका १÷१ जना संक्रमण मुक्त भएका छन् ।

परीक्षणको नतिजा ढिलो गरी आउने भए पनि दैनिक जसो स्वाव संकलन भैरहेको छ । नतिजा प्राप्त भएसँगै संक्रमितको संख्या समेत बढ्दै गएको हो ।

क्वारेन्टाईनमा देखिएको संक्रमण अव समुदायमा प्रवेश गरेको छ ।

दुई स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको र स्वाव संकलन गरिएका व्यक्तिहरु नतिजा नआउँदै समुदायमा प्रवेश गरेपछि अब कोरोना भाईरस समुदायमा पनि प्रवेश गरेको हो ।

समुदायमा संक्रमण प्रवेश गरेसँगै प्यूठान नगरपालिकाले रिचि र सेपुङ्ग गाउँलाई सिल गर्ने निर्णय गरेको छ ।

१९ जना संक्रमित फेला परेको प्यूठान नगरपालिका वडा नं. ५ जुम्रिकाँडाले विदेशबाट आएका व्यक्तिको घरका सदस्यहरुलाई अन्य परिवारका सदस्यसँग भेट नहुने गरी कडाई थालेको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिनुभयो ।

हालसम्म प्यूठान नगरपालिकामा ७२ जना, माण्डवी गाउँपालिकामा २६ जना, स्वर्गद्धारी नगरपालिकामा २२ जना, नौबहिनी गाउँपालिकामा २२ जना, ऐरावती गाउँपालिकामा १० जना, सरुमारानी गाउँपालिकामा ९ जना, मल्लरानी गाउँपालिकामा ५ जना र गौमुखी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!