प्युठान, ११ साउन । कोरोनाका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।
कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि हेलिकप्टरबाट थप उपचारकालागि काठमाण्डौ लगिएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेमा रहेको जनता कृष्ण माध्यमिक विद्यालयमा लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा अंगालेका भुसाल शिक्षक पेशाको अबकास पछि नेकपा एमाले बाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
उहा स्थानीय तहमा लोकप्रिय नेताको रूपमा परिचित हुनुहुन्थ्यो ।
