राजेश समर्पण
रोल्पा -रोल्पामा आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ।
रोल्पा नगरपालिका–१ का २२ वर्षे ती युवकमा लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भएको बताइएको छ। आइतबार राति १० बजे आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार दिउँसो ४ बजे निधन भएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिनुभएको छ । ‘उहाँमा कोरोनाको लक्षणभन्दा पनि डायलासिस गराउन काठमाडौं जानुभएकाले कोरोना लागेको हुन सक्ने आशंकाले हामीले आइसोलेसनमा राखेका थियौं,’ मेयर केसीले बताउनुभयो। उहाँका अनुसार ती युवकमा कोरोनाको लक्षण देखिएको भने थिएन।
आरडिटी परीक्षण क्रममा उनको रिपोर्टसमेत नेगेटिभ आएको मेयर केसीले बताउनुभयो ।
मृतक युवकको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षणका लागि पठाइएको छ।
