समाज

खलंगाको बिकासको निम्ति प्रतिबद्ध छु : प्रदेशसभा सदस्य श्रेष्ठ

प्युठान । लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले जिल्ला सदरमुकाम खलंगाको बिकासका निम्ति आफु प्रतिबद्ध रहेको बताउनुभएको छ । मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४२ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभएका श्रेष्ठले आफ्नो जन्मभुमिको बिकासका लागि निरन्तर पहल गर्दै आएको बताउँदै अहिले आफ्नो क्षेत्रबाट बिकासको काम अघि बढाएको बताउनुभएको हो ।

 

‘खलंगाको बिकासगर्न पहल गर्दै आएको छु,’ प्रदेशसभा सदस्य श्रेष्ठले भन्नुभयो, ‘योजनाहरु पनि परेका छन ।’ जनताबाट धेरै माग पुर्वाधार बिकासको आउने गरेको उल्लेख गर्दै श्रेष्ठले सामाजिक क्षेत्रतर्फ पनि ध्यान दिन आवस्यक रहेको बताउनुभयो ।

पछिल्लो समय समाजसेवा गर्ने मानिसहरु भेटिन छाडेको उहाँले बताउनुभयो । ‘मानिसहरु स्वार्थमा बढी केन्द्रित हुने गरेका छन,’ उहाँले भन्नुभयो,’सामाजिक संघ संस्थाले समाजसेवाको भावना बिकास गर्न भुमिका खेल्ने गरेको छ ।’

 

कार्यक्रममा बिशेष अतिथि मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले सामाजिक कार्य गर्दै संस्था स्थापना भएको स्मरण गर्दै अहिले श्रम संस्कृती हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

 

उहाँले गाउँपालिकाले श्रम संस्कृतिको बिकास गर्दै एउटा वडामा एउटा रिचार्ज पोखरी निर्माण गर्ने योजनामा रहेको बताउनुभयो । जनप्रतिनिधिले श्रमदान गरेरै ३ र ५ नम्बर वडामा रिचार्ज पोखरी बनाईसकेको जानकारी दिनुभयो । अब बाकी वडामा बनाउने योजनामा रहेको बताउनुभयो ।

 

 

उपाध्यक्ष श्रेष्ठले खलंगालाई ग्रीन सिटी बनाउने निति बनाएको बताउँनुभयो ।पालिकाले बनाएको योजना पुरा हुन समय लाग्ने भएपनि यो वर्षबाट शुरूवात गरिएको बताउनुभयो । उहाँका अनुसार अभियानको शुरुवातमा अहिले घरमा हरियो रंग लगाउने कार्य गरिएको छ । खलंगाको सुन्दरता बढाउने कार्यमा संस्थाले समेत योगदान गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

 

उपाध्यक्ष श्रेष्ठले बिकासको काममा राजनितीकरण गर्न नहुने बताउनुभयो । ‘अम्ब्रेला स्ट्रीटमा राजनितिक गन्ध देखियो,’ उहाँले भन्नुभयो, ‘मल्लरानी फुड फेस्टिबलमा पनि देखिएको थियो ।’ उपाध्यक्ष श्रेष्ठले थप्नुभयो ‘राजनिती गर्ने बेला त चुनाबको बेला हो, बिकासको सन्दर्भमा राजनिती गरेमा त्यो सफल हुँदैन ।’

Related Articles

Back to top button