प्यूठान । जिल्लाका ७ सय बालबालिकालाई स्वर्णविन्दु प्राशन दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खलंगाले ५ वर्ष मुनिका बालबालिकालाई प्राशन खुवाइएको हो ।
अबदेखि प्रत्येक महिना पुष्य नक्षेत्रको दिन नियमित दिइने स्वास्थ्य केन्द्रका निमित्त प्रमुख टुक बहादुर रोकाले जानकारी दिनुभयो । आज छुटेका बच्चाहरुलाई जेठ ७ गते दिन सकिने उहाँले बताउनुभयो ।
बालबालिकाहरुको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोगप्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक औषधियुक्त थोपा हो । १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई निःशुल्क स्वर्णबिन्दु थोपा खुवाउने निमित्त प्रमुख रोकाले बताउनुभयो ।
चिकित्सकहरुका अनुसार स्वर्णबिन्दु खुवाउनाले बच्चाहरुमा बुद्धि, स्मरणशक्ति र वाणीमा सुधार, पाचनशक्ति र शारीरिक बल बुद्धि, रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउछ, बच्चालाई ऊर्जावान्, तेजस्वी र सुन्दर बनाउछ ।




