> समाज > राष्ट्रिय अपांग सेवा संघ प्यूठानको वार्षिक साधारण सभा सम्पन्न


राष्ट्रिय अपांग सेवा संघ प्यूठानको वार्षिक साधारण सभा सम्पन्न

प्युठान । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संस्थाले अव स्थानीय तहरुमा रहेका अपांगता सञ्जाललाई क्रियाशिल बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले संघीय संरचना अनुसार संस्थाले पालिका तहमा आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यसको लागि संघले जिल्लाका सवै पालिकामा गठन भएका सञ्जाललाई क्रियाशिल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा जिल्ला समन्वय प्युठानका समन्वय अधिकारी हरि प्रसाद पौडेल, निवर्तमान अध्यक्ष जुमानसिंह के.सी., शिक्षा तथा समन्वय ईकाईका कुमार पुरी, प्युठान उद्योग वाणिज्य संघका प्रभात श्रेष्ठ, महेन्द्र माध्यमिक विद्यालयका पिताम्बर पौडेल, पत्रकार सुजल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

संघका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र राउत क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष उजेली विकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पूर्व अध्यक्ष र पत्रकारलाई सम्मान
साधारणसभाको अवसरमा संस्थाले निर्वतमान अध्यक्ष, पूर्व अध्यक्ष र पत्रकारलाई सम्मान गरेको छ । निवर्तमान अध्यक्ष जुमानसिंह केसी, पुर्व अध्यक्ष सुर्य बहादुर पन्त र पत्रकार सुजल श्रेष्ठलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *