समाज

होली पर्व परिवारभित्र मनाउन प्यूठान प्रशासनको आग्रह

प्यूठान । फागुन १८ गते परेको फागु पूर्णिमा (होली) पर्व परिवारका सदस्य भित्र मनाउन जिल्ला प्रशासन कार्यालय प्यूठानले अनुरोध गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित सुरक्षा योजना अन्तरगत घर कम्पाउण्ड भित्र अरु कसैलाई बाधा अवरोध नपर्ने गरी मनाउन अनुरोध गरेको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले सार्वजनिक सूचना जारी गर्द खुला सडक, सार्वजनिक स्थनामा भिड जम्मा गरि निर्वाचन आचारसंहिता प्रतिकुलका गतिविधि नगर्न नगराउन समेत आग्रह गर्नुभएको छ ।

 

यसैगरी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरी जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था कडाईका साथ लागु गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

 

होली पर्वलाई लक्षित गरी निर्वाचन चिन्ह र उम्मेदवारका तस्वीर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरु प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

Related Articles

Back to top button