प्यूठान, २८ जेठ । प्यूठानका नीजि विद्यालयले विद्यार्थीबाट लकडाउन अवधिको मासिक शुल्क नलिने भएका छन् ।
आज बुधबार जिल्लाका नीजि विद्यालयहरुको संगठन(प्याव्सन), जिल्ला शिक्षा समिति र अनेरास्ववियु प्यूठानबीच भएको सहमति अनुसार शुल्क नलिने सहमति भएको हो ।
त्यसैगरी जिल्लाका नीजि विद्यालयले दिने १० प्रतिशत छात्रवृत्ति अनेरास्ववियू प्युठानसँग अनिवार्य समन्वय गर्नु पर्ने र छात्रवृत्ति बितरणमा अनिवार्य अनेरास्ववियू प्युठानको प्रतिनिधि सहित बितरण हुनुपर्ने विषयमा सहमति भएको छ ।
नीजि विद्यालयले भर्ना शुल्क र मासिक शुल्क नबढाइ गत वर्षकै शुल्क कायम गर्ने समेत जनाएका छन । जिल्लाका नीजि विद्यालयको भौतिक संरचना नेपाल सरकारको मापदण्ड अनुरुप हुनुपर्ने समेत सहमतिमा उल्लेख छ ।
