> समाज > दाङमा मानव अधिकारको अवस्थाबारे समिक्षा


दाङमा मानव अधिकारको अवस्थाबारे समिक्षा

दाङ, ४ जेठ ४ । कोभिड–१९ सन्दर्भमा गठन भएको मानव अधिकार अवस्था अनुगमन नेटवर्क दाङले जिल्लामा अहिलेसम्म मानव अधिकारको अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

नेटवर्कको आइतबार घोराहीमा बसेको वैठकले कोेरोना सुरुभएपछि भएको लकडाउन अवधिमा स्थानीय सररकारहरुले राहतसहयोग वितरण कार्य राम्रो तरिकाले अगाडी बढाएको र आउँदा दिनहरुमा बढ्न सक्ने खाने समस्यालाई निराकरण गर्न ठोस योजना बनाउन गाउँपालिकाहरुलाई नेटवर्कले अनुरोध गरेको छ ।

यसैगरी कोरोना संक्रमितहरु बढ्न सक्ने भएकाले क्वारेन्टाइनहरु बढाउन, व्यवस्थित गर्न पनि नेटवकले सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ । नेटवर्कका जिल्ला संयोजक सविन प्रियासनको अध्यक्षत्तामा बसेको वैठकले लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनले उच्चत्तम सजगता अपनाएको, यस अवधिमा प्रहरीले मानव अधिकार हनन् हुने गरी आफ्ना गतिविधिहरु नगरेको, स्वास्थ्यकर्मीहरुले आफ्नो जिउज्यानको प्रवाह नगरेर स्वास्थ्य उपचार दिएको, सञ्चारकर्मीलगायतका सरोकारवालाहरुले पनि राम्रो भूमिका निर्वाह गरेकोमा नेटवर्कले सबैलाई धन्यवाद दिएको छ ।

वैठकले जिल्लास्थित कोरोना अस्पतालहरु, गाउँपालिका अनि यहाँ रहेका क्वारेन्टाइन स्थलहरुको स्थलगत अध्ययन गर्ने, नियमितरुपमा भिडियो कन्फ्रेन्स, च्याट, फोन मार्फत वैठक बस्ने, संकलित सूचनालाई एकीकृत गर्नेलगायतका निर्णयहरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *