साहित्य सृजना

दशैँ विशेष मुक्तकहरु

भुमा घर्तिमगर
विद्यार्थी

सङ्गै बसेर टिका लाउने दिन जुरेन कहिले नि
घर फर्कने सकेको कोसिस गरेको मैले नि
नरुनु आमा छोरा लाई सम्झी दशै र तिहारमा
आउदिन आमा साहुले छुट्टी दिएन अहिले नि

अनेकौं सपनाहरु मन भित्र रसाको रसै भो
देखेको होइन लेखेको हुन्छ भनेको जसै भो
सधै झै फेरि धनी कै लागि आइदियो यो दशै
हामी गरिबलाइ छाक तार्न गाह्रो दसाको दशै भो

आको थे आमा साहुको ऋण काधमा भिरेर
नपाउनु दुस्ख पाएको छु आमा परदेशमा छिरेर
मनाउनु आमा दशै र तिहार म घर मा नभए पनि
अर्काे साल पक्कै आउछु नि आमा साहुको ऋण तिरेर

नजिकै आयो दशै र तिहार मन भाछ फिका फिका
यसपालि पनि लाउन पाइन आमाको हातको टिका
दुखी लाई त के दशै तिहार बिजोक छ परदेश मा
छोरो आउने बाटो कुर्दै होलिन झरेर आँसुका ढिका

Related Articles

Back to top button