महेश थापा
बाहाने, २७ जेठ । लक डाउन भएको लामो समयले गर्दा व्यवसायी र उपभोक्ता दुवै समस्यामा परेको भन्दै बजार खुलाउने विषयमा स्थानीय तहसँग प्यूठान उद्योग बाणिज्य संघले छलफल गरेको छ ।
स्थानीय तहलाई आर्थिक सहयोग उपलब्ध गराउन पुगेको संघको टोलीले नौबहिनी गाउँपालिकाका जनप्रतिनिधिसँग सामाजिक दुरि कायम राख्दै नौबहिनी बजार क्षेत्रमा निश्चित समय निर्धारण गरि बजार खुलाउने बिषयमा छलफल गरेको हो ।
व्यवसायीले अनिवार्य रुपमा सेनिटाइजर मास्क साबुनपानीको व्यबस्था गरेर व्यवसाय सञ्चालन गर्न सकिने विषयमा छलफल भएको छ ।
यसैबीच, संघले जिल्लाका विभिन्न स्थानीय तहलाई आर्थिक सहयोग गर्न थालेको छ । प्रत्येक नगरपालिकालाई ३५ हजार र गाउँपालिकालाई २५ हजार रुपियाँका दरले आर्थिक सहयोग गर्ने निर्णय अनुसार सहयोग वितरण थालेको संघले जनाएको छ ।
