स्थानीय सरकार

प्यूठानका सबै तहमा विपद ब्यवस्थापन कोष

[mashshare]

बासुदेब गिरी
प्यूठान, २० चैत्र ।
स्थानीय सरकारले नियमित रुपमा स्थापना गरेको विपद् कोषमा बजेट विनियोजन गर्न थालेका छन् । नियमित स्थापना गर्नुपर्ने विपत्त प्रतिकार्य योजना सहितको कोषमा स्थानीय सरकारले बजेट विनियोजन गरेका थिएनन् ।

विश्वव्यापी महामारीको रुपमा कोरोना भाईरसको संक्रमण फैलिरहेको अवस्थाले स्थानीय सरकारले विपत्त कोषलाई सक्रिय बनाउन थालेका छन् । कार्यपालिकाको आकस्मिक बैठक बसेर रकमान्तर गरी कोषमा बजेट विनियोजन गरेका हुन् ।

कोष मार्फत संक्रमण नियन्त्रण, राहत वितरण लगायतका गतिविधि संचालन गर्न कार्यविधि समेत निर्माण गरेका छन् ।

प्यूठान नगरपालिकाले १० लाख, स्वर्गद्धारी नगरपाकिलाले २० लाख, मल्लरानी गाउँपालिकाले ९ लाख, झिमरुक गाउँपालिकाले ७ लाख, माण्डवी गाउँपालिकाले १५ लाख, नौबहिनी गाउँपालिकाले २६ लाख रुपैंया बजेट विनियोजन गरेका हुन् । सरुमारानी गाउँपालिका र ऐरावती गाउँपालिकाले खर्च हुने क्षेत्र र आवश्यकताका आधारमा रकमान्तर गरेरै भए पनि खर्च गर्ने नीति अवलम्बन गरेका छन् ।

‘मितव्ययी ढङ्गले अति आवश्यक क्षेत्रमा खर्च गर्न कुनै कसर बाँकी राख्दैनौं ।’ ,ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्ध बस्नेतले भन्नुभयो, ‘महाविपत्तिको यस समयमा सरकारले मात्र होइन नीजि क्षेत्र र अरुको समेत सहकार्य आवश्यक हुन्छ ।’

मल्लरानी गाउँपालिकाले कोष मार्फत खर्च गर्नका लागि कार्यविधि समेत तयार गरेको छ । गाउँपालिकाले विनियोजन गरेको बजेट मात्र प्रयाप्त नभएकाले सहयोगका लागि सार्वजनिक अपिल समेत गरेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत विपत्त कोषमा सहयोग रकम जम्मा गर्न थालेका छन् ।

कोषमै प्रयाप्त रकम नभए पनि कमि हुन नदिने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.ले बताउनुभयो । राहत वितरण कार्यलाई एकद्धार नीति बनाइएको समेत उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close