> समाज > करदाता सेवा कार्यालय खुलेको एक वर्षपछि बैंक


करदाता सेवा कार्यालय खुलेको एक वर्षपछि बैंक

प्यूठान, ३ असार । करदाता सेवा कार्यालय खुलेको एक वर्षपछि बैंक स्थापना भएको छ ।

कर दाता सेवा कार्यालयलाई लक्षित गरि कृषि विकास बैंक लिमिटेडको एक्सटेन्शन काउन्टर सञ्चालनमा आएको कर अधिकृत हुर्मत बहादुर मिजारले जानकारी दिनुभयो ।

 

यसअघि बैंक नहुँदा सेवाग्राहीलाई असुविधा भएको थियो । सेवाग्राही राजश्व बुझाउन १३ किलोमिटर टाढा विजुवार र १७ किलोमिटर टाढा भिंगृ पुग्नुपर्ने बाध्यता थियो ।

 

करदाता सेवा कार्यालय खुलेपछि प्यूठान र रोल्पाका व्यवसायीसँगै स्थानीयले सेवा पाएका छन् । यसअघि जिल्लावासी करसम्वन्धी कामका लागि दाङको तुल्सिपुर पुग्नुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *