प्यूठान । ऐरावती गाउँपालिका प्यूठानका शिक्षकहरुलाई कष्टमाइज्ड तालिम दिइएको छ । एकीकृत पाठ्यक्रममा आधारित कष्टमाइज्ड तालिम दिइएको हो ।
तालिममा बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा बालकेन्द्रीत शिक्षण सिकाइको अवधारण, प्रारम्भिक बालविकास तथा महत्व र एकीकृत पाठ्यक्रमको महत्वको बारे छलफल गरिएको थियो । एकीकृत पाठ्यक्रमको अवधारणा, पाठ्यक्रमका विषयक्षेत्र तथा विषयगत रुपमा सिकाइ उपलब्धी, शिक्षक निर्देशिका तथा पाठ्यपुस्तकको अन्तर सम्वन्धकोे बारेमा छलफल, शैक्षिक सामग्री निर्माणका साथै पाठ योजना निर्माण गरि नमूना शिक्षण गरिएको थियो ।
साथै तालिममा विद्यार्थीको मुल्याङ्कन र विद्यार्थीको व्यक्तिगत अभिलेख, विद्यार्थीको सिकाई मुल्याङ्कन प्रणाली बारे छलफल तथा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । तालिमको सहजिकरण सरद गौतम र यमप्रसाद पाण्डेले गर्नुभएको थियो ।
गाउँपालिकाको वार्षिक स्विकृत कार्यक्रम अनुसार संचालन गरिएको तालिममा ४१ वटा सामुदायिक र ४ वटा संस्थागत गरी ४५ वटा विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।






