> स्थानीय सरकार > माण्डवीमा कुल बजेटको ३३ प्रतिशत शिक्षामा लगानी :अध्यक्ष रोका


माण्डवीमा कुल बजेटको ३३ प्रतिशत शिक्षामा लगानी :अध्यक्ष रोका

पारस बुढाथोकी/प्रशिक्षार्थी पत्रकार
देविस्थान, २१ फागुन ।
कुल बजेटको ३३ प्रतिशत शिक्षामा लगानी गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभएको छ । चेतनाको विकास विना समृद्धि हाँसिल गर्न नसकिने भएकोले शिक्षालाई महत्व दिएको उहाँको भनाई थियो ।
बुधवार देविस्थानमा आयोजित युवाहरुका लागि नेतृत्व विकास सम्वन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । २६ वटा विद्यालय मार्फत शैक्षिक गुणस्तर बढाउँदै सामाजिक सचेतिकरणमा समेत बजेट लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।


‘दिगो विकास लक्ष्य हाँसिल गर्न विभेद रहित समाज बनाउनु पर्छ ।’ ,प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले भन्नुभयो, ‘यसका लागि तपाईहरुको (युवाहरुलाई लक्षित गर्दै) भूमिका महत्वपूर्ण छ ।’
यसअघि वडा स्तरमा संचालन गरिएको नेतृत्व विकास तालिममा सहभागीहरु मधयेबाट छनौट गरी पालिका स्तरीय तालिम संचालन गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा परिवर्तन अभियान नेपालले प्रत्येक वडाबाट तीन÷तीन जना सहभागी छनौट गरी १५ जना युवाहरुलाई तालिममा समावेश गरेको छ । वडा स्तरमा झण्डै १०० सहभागी रहेको संस्थाका अध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।
तालिममा युवाहरुको क्षमता विकासका लागि नेतृत्व विकास, आधारभुत पत्रकारिता, संचार, सञ्जाल गठन र आवश्यकता, समाचार लेखन लगायतका विषयमा प्रशिक्षण दिइने तालिमका प्रमुख प्रशिक्षक टिकाराम पोख्रेलले जानकारी दिनुभयो ।
तालिमको उद्घाट सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजाल, स्वास्थय शाखा प्रमुख ध्रुवकुमार पोख्रेल, नेपाल पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन तालिम संयोजक यादव पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!