प्युठान । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष र सचिब पद प्युठानले प्राप्त गरेको छ । दोस्रो अधिबेशनबाट गौमुखि गाउँपालिका प्युठानका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रतापपुर गाउँपालिका नवलपरासीका उमेशचन्द्र यादब, सचिब सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा, सह-सचिब छत्रकोट गाउँपालिकाका रामप्रसाद पाण्डेय, कोषाध्यक्ष बङगलाचुलि गाउँपालिकाका तुल्सिराम पुन मगर निर्वाचित हुनुभएको छ ।