प्यूठान, २० जेठ । होपव्रिज संस्थाले विभिन्न जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सहयोग उपलब्ध गराउँदै आएको छ । कैलालीको गौरिफण्टा नाका र क्वारेन्टाइनमा रहेका सुदूरपश्चिमबासीलाई शुद्ध खानेपानीको व्यवस्था गरेको छ ।
नाकामा बसीरहेकाहरुलाई खानेपानीको अभाव हुन नदिन धनगढी उपमहानगरपालिका मार्फत खानेपानी वितरण गरेको हो ।
संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गर्नुभएको हो ।
संस्थाले एचआइभी संक्रमित बालबालिका, महिला लगायतलाई यसअघि खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।
त्यसैगरि संस्थाले विभिन्न जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने योजना समेत अघि बढाएको संस्थाले जनाएको छ ।
यसअघि सुदुरपश्चिम र कर्णाली प्रदेशमा एचआईभी संक्रमित बालबालिकालाई राहत उपलब्ध गराएको थियो ।
