> राष्ट्रिय > शिक्षकहरुको पालिकामा धर्ना, विद्यालय शिक्षा ऐन २०८० मा बिगतको सहमति नसमेटिएको गुनासो


शिक्षकहरुको पालिकामा धर्ना, विद्यालय शिक्षा ऐन २०८० मा बिगतको सहमति नसमेटिएको गुनासो

प्युठान । नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम शुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो ।

 

आईतवार जिल्लाका सबै स्थानीय तहमा शिक्षकले धर्ना दिएका छन । बिगतमा सरकासंग भएको ३० बुदे र ५१ बुदे सहमति ऐनमा नसमेटिएको महासंघले जनाएको छ ।

 

महासंघले साउन ३० गते शिक्षा बिकास तथा समन्वय इकाईमा धर्ना बस्ने, साउन ३२ गते साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको चक्रपाणी पौडेलले जानकारी दिनुभयो ।

 

भदौ १ गते प्रदेस सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ । माग सम्बोधनका लागि केन्द्र केन्द्रिय सरकार लगायत निकायलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *