> समाज > प्यूठानमा नापतौल शिविर, नापतौल औजारको चेकजाँच


प्यूठानमा नापतौल शिविर, नापतौल औजारको चेकजाँच

प्यूठान । गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले प्यूठानका विभिन्न व्यापारिक क्षेत्रहरुमा नापतौल शिविर संचालन गरेको छ ।

 

प्यूठान उद्योग बाणिज्य संघको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, लिटर, मिटर लगायतका नापतौल सम्बन्धी औजारहरुको चेकजाँच तथा नविकरण गरिएको हो । जिल्लाको दरभान, बड्डाँडा, जस्पुर, भिंगृ, दाखाक्वाडी, विजुवार, बाग्दुलामा सम्वन्धीत बजार क्षेत्रको सहजीकरणमा शिविर संचालन गरिएको प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

 

शिविरले व्यवसायीहरुलाई नेपालगञ्ज पुग्नुपर्ने बाध्यता टरेको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो । प्रत्येक वर्ष जिल्लाका सबै प्रमुख व्यापारिक क्षेत्रहरुमा शिविर संचालन गर्न कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

 

नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको नापतौलका सामाग्री प्रयोगमा ल्याई दण्ड तथा जरिवानाबाट बच्न शिविरले उद्योगी व्यवसायीहरुलाई सुविधा पुगेको संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *