> राष्ट्रिय > औषधि व्यवसायी संघ प्युठानकाे सर्वसम्मत नेतृत्व चयन


औषधि व्यवसायी संघ प्युठानकाे सर्वसम्मत नेतृत्व चयन

प्युठान । औषधि व्यवसायी संघ प्युठानकाे पाचाै जिल्ला अधिवेशनले भगतबहादुर कर्माचार्यकाे अध्यक्षतामा सर्वसम्मत रुपमा नया नेतृत्व निर्वाचित गरेकाे छ ।

 

शनिबार भएको अधिवेशनले उपाध्यक्षमा गाेविन्दराज घिमिरे, महासचिवमा खिमप्रसाद पार्धे, सचिवमा मदन केसी, काेषाध्यक्षमा दिनेश कार्की, उपकाेषाध्यक्षमा राधा केसीलाई निर्वाचित गरेकाे हाे । सदस्यहरूमा गाेपाल याेगी र पार्वता केसी रहनुभएकाे छ ।

अधिवेशनकाे उद्घघाटन गर्दै औषधि व्यवसायी संघ लुम्विनी प्रदेश महासचिव लुकराज न्याैपानेले औषधि व्यवसायलाई मर्यादित बनाउन संघ कृयाशील रहेकाे बताउनुभयाे ।

 

संघका लुम्विनी प्रदेश केन्द्रीय सदस्य सरेन्द्ररज अधिकारी, दाङका अध्यक्ष विष्णुप्रसाद पौडेल र रोल्पा अध्यक्ष शिव प्रसाद आचार्य, नेपाल पत्रकार महासंघ अध्यक्ष सञ्जय रिजाल, संघका कानुनी सल्लाहकार रामेश्वर सुवेदी, कालिका विकास केन्द्रका रजेन्द्रप्रसाद राजभण्डारीले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

 

सोही अवसरमा खलंगाका जेष्ठ औषधि व्यवसायी कृष्णप्रसाद श्रेष्ठ र विजुवारका जगन्नाथ रिजाललाई सम्मान गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *