> समाज > मल्लरानी गाउँपालिकाले जिल्ला बाहिरबाट मानिस नल्याउने


मल्लरानी गाउँपालिकाले जिल्ला बाहिरबाट मानिस नल्याउने

प्यूठान । मल्लरानी गाउँपालिकाले जिल्ला बाहिरबाट मानिस नल्याउने भएको छ ।

क्वारेन्टाइनको क्षमताभन्दा बढी व्यक्ति भारत लगायत ठाउँबाट आएको भन्दै गाउँपालिकाले केहि समयका लागि मानिस ल्याउने काम रोक्न लागेको हो ।

क्वारेन्टाइनको अभाव र व्यवस्थापकीय कठिनाइको कारण १० दिनसम्म जिल्ला बाहिरबाट मानिस नल्याउने गाउँपालिका अध्यक्ष अमरध्वज रानामगरले बताउनुभयो । भारत लगायत ठाउँमा रहेका स्थानीयलाई १० दिन पछाडी मात्र नेपाल आउन आग्रह गर्नुभएको छ ।

उहाँले हाल बसिरहेका व्यक्तिहरु १० दिन पछाडी होम क्वारेन्टाइनमा जाने भएकाले त्यस अनुसार सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको छ । पालिकाले बनाएको विभिन्न १२ वटा क्वारेन्टाइनमा जेठ १९ गतेसम्म ६३३ जना व्यक्ति बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!