प्यूठान । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम जनप्रतिनिधिहरुको भूमिका, काम कर्तव्य, अधिकार तथा जिम्मेवारी सम्वन्धी तालिम सञ्चालन भएको छ । प्रदेश सुशासन केन्द्रको आयोजनामा तीन दिने तालिम चलिरहेको छ ।
तालिममा प्यूठान नगरपालिका, नौबहिनी गाउँपालिका, झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिकाका वडा अध्यक्षको सहभागिता छ ।
तालिममा क्षमता विकास विज्ञ बलराम शर्मा, सहजकर्ता विकिरण गौतम र विनोद केसीले सहजीकरण गर्नुभएको छ । पहिलो चरणको तालिम भोलि सकिदैछ । पर्सिदेखि अर्को चरणको तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।
