प्यूठान । स्वर बोलाईमा समस्या भएका व्यक्तिहरुलाई बोलाइको थेरापी सहित क्षमता विकासको लागि २ दिने तालिम सञ्चालन गरिएको छ ।
नेपाल भकभके संघको आयोजना, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा प्यूठान उद्योग वाणिज्य संघमा आजदेखि तालिम शुरु भएको हो ।
तालिमा उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले स्वर बोलाइको समस्या मानसिक तथा शारिरीक रुपमा जोडिएको बताउनुभयो । घर परिवार र समाजको सकारात्मक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
नेपाल भकभके संघका केन्द्र्रीय अध्यक्ष रबिन कुमार मैनालीले स्वर बोलाइको समस्यालाई पनि सरकारले अपाङ्गताको परिभाषा भित्र राखेको हुँदा सेतो र पहेलो कार्ड पाउने व्यवस्था भएको बताउनुभयो । तालिममा स्वर थेरापी लगायत अन्य कुराहरु सिकाइने मैलानीले जानकारी दिनुभयो ।
नेपाल भकभके संघका कोषाध्यक्ष शंकर प्रसाद गौतमले सन २००३ मा नेपालमा डेनमार्क सरकारको सहयोगमा स्वरबोलाइका समस्या भएका व्यक्तिहरुलाई संगठित गरी संस्था संचालन गरीएको बताउनुभयो ।
तालिममा प्यूठानका करिब ३० जनाको सहभागीता रहने राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।