प्यूठान । नेपालमा कोरोना संक्रमितको संख्या १५७२ पुगेको छ ।
आइतवार साझ थप ५ जनामा कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
संक्रमितमध्ये २२० जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । भने ८ जनाको मृत्यु भइसकेको छ ।
यसअघि आइतवार मात्रै १६६ जना कोरोना संक्रमित थपिएका थिए ।
