प्यूठान । कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १८७ पुगेको छ । थप ४ जना संक्रमित कोरोना मुक्त भएर अस्पतालवाट डिस्चार्ज नेपालमा कोरोना मुक्त हुनेको संख्या १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
यस्तै विहिवार थप १५६ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्व अवस्था सामान्य रहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ जसमध्ये १८७ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना कोरोना कारण मृत्यु भैसकेको छ ।
