प्यूठान । गुल्मी र प्यूठानको सिमा क्षेत्र अग्लुङफेदी खोलामा पक्की पुल निर्माण शुरु भएको छ । सडक पूर्वाधार कार्यालय गुल्मी मार्फत ४ करोडको लागतमा पुल निर्माण शुरु भएको हो ।
शनिवार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्त रुपमा पुलको शिलान्यास गर्नुभयो ।
भ्याट सहित ४ करोड १४ लाख २९ हजार ९ सय ७९ रुपैंयाको लगानीमा पुल निर्माण गर्न लागिएको कार्यालयका अधिकृत भक्तराज गिरीले जानकारी दिनुभयो । कमल–अर्जुन–सिटी जेभि गुल्मीले निर्माण जिम्मा लिएको पुल आगामी बैशाख महिना भित्रै निर्माण सम्पन्न गर्ने लिक्ष्य लिएको निर्माण कम्पनीले जनाएको छ ।
२५ मिटर लम्बाई रहेको पुल निर्माणले प्यूठानको अर्खा, रजवाराका स्थानीयलाई समेत सहजता हुनेछ ।