प्यूठान । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतेमा कुटाईबाट दलित युवाको मृत्यु भएको घटनालाई लिएर जिल्ला स्थित संयुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानले ध्यानाकर्षण जनाएको छ ।
गाउँलेहरुको कुटाईबाट जाजरकोटको भेरी नगरपालिका ४ राना गाउँका नवराज विक र उनका साथी टेक बहादुर विकको मृत्यु भएको घटना प्रति संघर्ष समितिले ध्यानाकर्षण जनाएको हो ।
गैर दलितसँग प्रेम सम्वन्ध भएकै कारण ज्यान गुमाउनु परेको घटना दुःखदायी र निन्दनीय अपराध भएको भन्दै समितिले प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।
