> खेलकुद > नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा जिसी चयन


नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा जिसी चयन

प्युठान, असोज २८ । नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा रिखिराम जिसी चयन हुनुभएको छ । समाजको आज भएको दोस्रो साधारण सभाले जीसीको संयोजकत्वमा समिती गठन गरेको हो ।

जसको उपसंयोजकमा राजेश बुढा मगर, सचीवमा शिवराज भुसाल, उपसचिवमा पदम के.सी, कोषाध्यक्षमा आर्जु के.सी र सदस्यहरुमा अनिल के. सी, गिर बहादुर पच्छाई, अमित थापा मगर, उमेश घर्ती र कमल घर्ती चयन हुनुभएको छ । यस्तै सल्लाहकारमा मदन कुमार पुन मगर चयन हुनु भएको छ।

जिल्लाको क्रीकेट विकासमा सरोकारवाला निकायहरुसङ्ग सहकार्य गरेर अगाडि बढ्ने संयोजक जीसीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *