> राष्ट्रिय > कोरोना रोकथामसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


कोरोना रोकथामसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठान, २६ भाद्र । नौवहिनि गाउँपालिकाको फोप्लीमा कोरोना रोकथाम सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार फोप्ली स्वास्थ्य चौकीको आयोजनामा वडा अध्यक्ष, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,प्रहरी प्रशासन, प्रधानाध्यापक, शिक्षक बुद्धिजीवी युवा अन्य स्थानियको सहभागितामा कोरोना रोकथाम सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

भौतिक दुरी र आवस्यक साबधानी अपनाउदै बसेको बैठकले उक्त बैठकले स्कुलबाहेकका अन्य सार्वजनिक भवन जस्तै बनको भवनमा क्वारेन्टाइन सन्चालन गर्ने निर्णय गरिएको हेल्थ असिस्टेन्ट घिमिरेले बताउनुभयो ।

सिमानाकामा चेकजाँच गर्दै स्थानीय सरकारलाइ कुन ब्याक्ती कहाँबाट आउदै छ त्यसको जानकारी गराउनको लागि जिल्ला प्रशासन कार्यालयमा र प्रहरी प्रशासनमा अनुरोध र समन्वय गर्ने निर्णय गरिएको उहाँको भनाई छ ।

यस्तै क्वारेन्टाइनमा बसेको १४ दिन पश्चात अनिवार्य पिसिआर चेकजाँचको लागि नौबहिनी गाउँपालिकामा अनुरोध गर्ने, होम क्वारेन्टाइनमा बस्न नमिल्ने अवस्थाका ब्यक्तिहरुलाइ स्थानिय सरकारले तोकेको क्वारेन्टाइनमा बसाल्ने समेत निर्णय भएको फोप्ली स्वास्थ्य चौकीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *