> समाज > प्यूठानमा फोर्टिनाइनलाई कोरोना आइसोलेशेन केन्द्र बनाईने


प्यूठानमा फोर्टिनाइनलाई कोरोना आइसोलेशेन केन्द्र बनाईने

प्यूठान, १२ जेठ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कोरोना भाइरस नियन्त्रणको लागि प्यूठानमा फोर्टिनाइन मल्टी टेक्निकल इन्सिच्युट विजुवार आइसोलेशन केन्द्र बन्ने भएको छ ।

५ नम्बर प्रदेश सरकारको निर्देशन अनुसार इन्सिच्युटमा आइसोलेशन केन्द्र बनाउने निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउन्भयो ।

आइसोलेशन केन्द्रमा कोरोना भाईरस(पिसिआर) पुष्टि भएका तर स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिलाई राखिने छ ।

आइसोलेशन केन्द्र बनाउन सहमति दिएको इन्सिच्युटका अध्यक्ष खिम प्रसाद पार्धेले जानकारी दिनु भयो । डाक्टर, नर्स र स्वास्थ्यकर्मीको नियमित निगरानी हुनुपर्ने भएकोले जिल्ला अस्पताल प्यूठानको मातहतमा रहने गरी आइसोलेशन सञ्चालन हुने इन्सिच्युटका प्रिन्सिपल डा. आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ ।

नेपालमा अहिले सम्म कोरोना संक्रमितमा विश्व स्वास्थ्य संगठन अनुसार कोरोना भाइरस संक्रमणको चिन्ह तथा लक्षण देखिएको छैन । यस्ता व्यक्तिालाई अस्पतालमै राखेर उपचार गर्नुनपर्ने र स्वास्थ्य समस्या बढी भएमा मात्र प्रादेशिसक कोरोना अस्पतालमा पठाइने समेत प्रमुख सुवेदीले बताउनु भएको छ ।

जिल्लामा ५० बेडको आइसुलेसन केन्द्र बनाउने प्राबधान छ । साथै जिल्ला भरका स्थानीय तहमा आवश्यकता अनुसार क्वारेन्टाइनलाई आइशोलेसन केन्द्र बनाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!