> समाज > बरामद गरिएको १ सय ७२ केजी अखाद्य मह नष्ट गरियो


बरामद गरिएको १ सय ७२ केजी अखाद्य मह नष्ट गरियो

कमल  बि.क.

प्यूठान । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले १ सय ७२ किलोग्राम अखाद्य मह नष्ट सोमबार नष्ट गरेको छ ।

 

गत माघ १४ गते प्यूठानको सरुमारानी गाउँपालिका-२ रत्नेमा बुटवलबाट रोल्पा सुलिचौर जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसमा विना कागजात तथा लेवलिङ प्याकेजिङ समेत नभएको १ सय ७२ केजि ७ ग्राम केजी मह जस्तो पदार्थ फेला प्रहरीले फेला पारेको थियो ।

 

उक्त पदार्थ नमुना परिक्षणकाे लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जमा पठाइएकोमा प्राप्त प्रतिवेदनमा “सुकोज” नेपाल सरकारको महको लागि तोकेको गुणस्तर अनुसार नपाइएको र लेवल विवरण उल्लेख नभई लेवल विवरण नेपाल सरकारले तोके बमोजिम नपाइएको उल्लेख छ ।

 

शुद्ध फुलरसको महमा ५.० प्रतिशतमा नबढेको र अन्य महमा १० प्रतिशत हनु पर्नेमा उक्त बस्तुमा १७.७० प्रतिशत विश्लेषण नजिता आएको निमित्त उद्योग अधिकृत मनिबहादुर गुरुङले बताउनु भएको छ ।

 

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका उद्योग अधिकृत, कर्मचारी, घरेलु तथा साना उद्योग महासंघ, जिल्ला प्रशासन तथा प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायीका प्रमुख तथा प्रतिनिधि र पत्रकारको उपस्थितीमा अखाद्य मह नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *