प्यूठान, ९ असार । प्यूठानमा लकडाउनको स्वरुप परिवर्तन गरि समय थप गरिएको छ ।
यसअघि असार १० गतेसम्मका लागि तोकिएको लकडाउनको समय असार २० गतेसम्मका लागि थप गरिएको छ ।
लकडाउनको नयाँ स्वरुप अनुसार नीजी सवारी साधन जोर विजोरका आधारमा सञ्चालन गर्ने, म्याजिक, अटो रिक्सा सञ्चालन हुने भएको छ । सुरक्षा मापदण्ड अपनाएर होटल रेष्टुरेन्ट सञ्चालन गर्ने(टेक अवे), सवै प्रकारका व्यवसाय विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले सरकारी कार्यालयबाट दिने सेवा पालिका अनुसार सञ्चालन गर्ने, विवाहमा बढीमा दुई वटा साना गाडी प्रयोग गर्न सकिने निर्णय गरेको छ ।
