प्यूठान – नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार १७ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । यससँगै नेपालमा कोरोनामा संक्रमितको संख्या ४४४ पुगेको छ ।
आज थप भएका१७ जना संक्रमित मध्ये धनकुटाका १ जना, सुनसरीका १ जना र झापाका १५ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ जसमध्ये ४५ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् । यस्तै २ जनाको भने ज्यान गैसकेको छ ।
