प्युठान । स्वर्गद्वारी नगरपालिका-२ धनवाङमा आगलागीबाट ९ घर र ४ गोठ जलेको छ । गयराती नजिकैको बनमा लागेको आगो बस्तीसम्म पुग्दा घरगोठ जलेको हो ।
आगलागीमा स्थानीय ७६ वर्षीय बीर बहादुर बि.क. र २६ वर्षीया टिकादेवी परियार घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य रहेको उहाँको भनाई छ । उनीहरुको हात र खुट्टामा आगोले पोलेको छ । घटनाको बिस्तृत विवरण आएको छैन ।
नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन । घटनास्थलमा राहत सहितको टोली जान लागेको रेडक्रस प्युठानका सभापति गुमानराज पुलामीले बताउनुभयो ।
