> राष्ट्रिय > तिन वर्षिय बालकसहित थप २५ जनामा कोरोना संक्रमण


तिन वर्षिय बालकसहित थप २५ जनामा कोरोना संक्रमण

प्यूठान – तिन वर्षिय बालकसहित थप २५ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार थप २५ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । यससँगै नेपालमा कोरोनामा संक्रमितको संख्या ४२७ पुगेको छ ।

आज थप भएका २५ जना संक्रमित मध्ये धनकुटाका ५ जना, बाँकेका ६ जना, कपिलवस्तुका १३ जना र नवलपरासी पश्चिमका १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज संक्रमित हुने व्यक्तिहरु ३ वर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।

त्यसैगरी बुधवार नै ८ जना कोरोना संक्रमित कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनावाट निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने ज्यान गैसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *