प्यूठान- नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।
सोमवार राती थप १८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको हो ।
आज धनुषाका २ जना, खोटाङका १ जना, बाँकेका १२ जना, दैलेखका १ जना, सुनसरीका १ जना र झापाका १ जना गरि थप १८ जना नया कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ जसमध्ये कोरोनावाट आइतवार थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या २ पुगेको हो । भने ३६ जना सन्चो भएर घर फर्किएका छन् ।
आइतवार विहान र दिउसो गरि ६२ जना कोरोना संक्रमित भेटिएका थिए ।
