> आर्थिक/बिकास > मदिराको लाइसेन्स नविकरणमा जरिवाना छुट


मदिराको लाइसेन्स नविकरणमा जरिवाना छुट

प्यूठान, २४ असार । मदिरा, सुर्तिजन्य पदार्थ लगायत अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्नका लागि इजाजतपत्र (लाइसेन्स) लिएका व्यवसायलाई सरकारले इजाजत नविकरणमा जरिवाना छुट गरेको छ ।

 

साउन मसान्तभित्र इजाजतपत्र नविकरण गर्न जरिवाना छुट रहेको करदाता सेवा कार्यालय चकचके प्यूठानका प्रमुख हुर्मत बहादुर मिजारले जानकारी दिनुभयो ।

 

प्रत्येक वर्ष लाग्ने नविकरण दस्तुर बुझाएर नविकरण गर्न सकिने व्यवस्था गरिएको मिजारले बताउनुभयो । हालसम्म १४ जनाले जरिवाना छुट पाएका छन् । चार लाख ६४ हजार रुपियाँ जरिवाना छुट भएको उहाँले बताउनुभयो ।

 

कार्यालयका अनुसार प्यूठानमा २ सय ५० जनाको लाइसेन्स नविकरण गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *