प्यूठान, १७ बैशाख । स्वर्गद्धारीमा जीप दुर्घटनामा घाईते हुनुभएका सन्दिप परियारको उपचारका लागि आर्थिक अभाव भएको छ ।
शिक्षण अस्पतालको आईसियुमा उपचाररत परियारको थप उपचारमा आर्थिक समस्या परेको परिवारले जनाएको छ ।
बैशाख १ गते स्वर्गद्धारी दर्शनका लागि गएको जीप दुर्घटनामा परेर प्यूठान मल्लरानी गाउँपालिका ३ चौरपानी निवासी सन्दिप परियार घाईते हुनुभएको हो । उहाँको टाउकोमा चोट लागेको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत २८ वर्षीय सन्दिपको उपचारका लागि परिवारले सहयोग अभियान समेत चलाएको स्थानीय कृष्णराज पाण्डेले जानकारी दिनुभयो ।
जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए ।
