प्युठान । ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन जाने क्रममा जिल्ला कमिटी सदस्य राम बहादुर थापा(गोपाल) को दुर्घटनामा मृत्यु भएपछि एमाले प्युठानले ३ दिन शोक मनाउने भएको छ ।
“जिवनभर राजनीतिमा सक्रिय रहँदै आउनुभएको क. रामबहादुर थापा पार्टी जिम्मेवारीकै क्रममा भएको असमायिक, अकल्पनीय दुःखद् निधनले हाम्रो पार्टीलाई अपुर्णनीय क्षति पुगेको छ ।” पार्टी अध्यक्ष बिजय बिराज बिष्टले भन्नुभएको छ ।
फागुन २१, २२ र २३ गतेका लागि पूर्व निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रमहरु स्थगित गर्ने, फागुन २१, २२ र २३ गते (तीन दिन) पार्टी जिल्ला कार्यालय, पालिका कार्यालय र वडा कार्यालयमा झण्डा आधा झुकाउने र फागुन २१ गते विहान ७ः३० बजे शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन विजुवारमा पार्थिव शरिर राखि श्रद्धाञ्जली व्यक्त गरिने एमाले प्युठानले जनाएको छ ।
ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य रामबहादुर थापा (गोपाल) को ज्यान गएको छ ।
दुर्घटनामा घाईते बसन्ता आचार्यलाई जिल्ला अस्पताल विजुवारमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।
