प्युठान । झिमरुक गाउँपालिका-६ चिसावाङ स्थित चिरायु माबिको ५९ औं वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले जिल्लामा विद्यालयको शैक्षिक सुधार र गुणस्तर वृद्धिको लागि शिक्षक, बिद्यार्थी र अभिभावकको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक भौतिक र आर्थिक बिकासको लागि सबै पक्ष मन, वचन र कर्मले लाग्नुपर्ने बताउनुभयो । “शिक्षा भनेको महत्त्वपूर्ण बिषय भएकोले यस तर्फ सबैको चासो आवश्यक छ ।” उहाँले भन्नुभयो, “तपाई हामिले ब्यवहारिक शिक्षा दिन सकेमात्र असल विद्यार्थी उत्पादन हुने भएकाले यस तर्फ सबैको ध्यान जानुपर्छ ।” राज्यलाई कामलाग्ने उत्पादनमा जोड दिदै गम्भीर भएर लाग्न शिक्षक विद्यार्थी र अभिभावकलाई जिसीले आग्रह गर्नुभयो ।
झिमरुक गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन बिसीले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सिकाइमा सहयोग गर्नुपर्ने बताउनुभयो । “सबैको सहकार्य भए विद्यालयको प्रगति सम्भव छ ।” उहाँले भन्नुभयो, “नमुना विद्यालय बनाउनको लागि अभिभावक चनाखो हुनुपर्छ ।” शिक्षक बिद्यार्थी अभिभावक र ब्यवस्थापन पक्ष लागेमात्र शिक्षामा परिवर्तन ल्याउन सम्भव हुने उहाँको भनाई छ ।”
मोबाइलको गलत प्रयोगले विद्यार्थी भाइबहिनीहरुलाई मनोबैज्ञानिक असर गरेको भन्दै उहाँले मोबाइल नेट ईन्टरनेट फेसबुक म्यासेजर सहि अर्थमा प्रयोग गरेमात्र युग सापेक्ष आफुलाई अगाडि बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । पछिल्लोसमय मोबाइलको गलत प्रयोगले बिद्यार्थीमा असर परेकोले यस् तर्फ सचेत हुन अभिभावक शिक्षक र विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो । पढाई बिचैमा छोड्ने प्रचलन बढी भएकोले यस्ता नानीबाबुहरुको पहिचान गरि बिद्यालय पुर्याउने बाताबरण सृजना गर्न तिर लाग्नुपर्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका ६ नम्बर वडा अध्यक्ष धन बहादुर पुनले
शिक्षा लाई सबल बनाउन लगानी, ब्यवहारीक शिक्षा, सबल ब्यवस्थापन र दक्ष शिक्षक जागरुक अभिभावक र मेहनती विद्यार्थी भएमात्र शिक्षाले गुणात्मक फड्को मार्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै चिरायु माध्यमिक बिद्यालयका अध्यक्ष निमान सिंह जिसीले बिद्यालयको चौतर्फी बिकासको लागि सबैको सहयोगले मात्र पूरा गर्न सकिने बताउनुभयो । बिधालयलाई उच्च माध्यामिक बिधालयमा ग्रेड वृद्धि गर्नुपर्ने आवस्यकता खड्किएकोले अभिभावकको सहयोगले मात्र सम्भव हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि छिमेकी बिधालयका प्रधानाध्यापक राजनीतिक दलका प्रतिनिधि लागाएतले बिद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषबाट बिद्यालय शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समिति सदस्य हेमराज भट्टराईको स्वागत र कार्यक्रम संचालन शिक्षक चित्रभानु रावलले गर्नुभएको थियो ।
